२०८१ बैशाख १४, शुक्रबार    

क्रेज बढाउँदै डिना

२०७९ कार्तिक २३, बुधबार १०:३३ बजे

मकवानपुरबाट प्रतिनिधित्व गरेर राष्ट्रिय राजनीतिमा उच्च स्थानसम्म पुग्ने एक मात्र महिला हुन् महालक्ष्मी उपाध्याय ‘डिना’ । उनी नेपाली कांग्रेसको सहमहामन्त्री हुन् । कांग्रेसको पदाधिकारी मध्ये उनी त्यो स्थानसम्म पुग्ने पहिलो व्यक्ति पनि हुन् ।

लामो राजनीतिक इमान्दारिता पश्चातः राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उडन भर्न सफल महिला हुन् डिना । विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा सक्रिय रहेकी डिना आगामी निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष तर्फको उम्मेदवार रहेकी छिन् । उनलाई सत्ता गठबन्धनको साथ रहेको छ ।

नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका कमल थापा विरुद्ध चुनाव लड्ने तयारीमा रहेकी उनी आफू जित्ने दावजी सहित अभियानमा होमीएकी छिन् । उनी हाल चुनावी अभियान अन्तर्गत गाउँ÷गाउँ पुगिरहेकी छिन् भने पार्टी र गठबन्धनका नेता तथा कार्यकर्तासंगको भेटघाटमा सक्रिय छिन् ।

सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहितको समर्थन पाएकी डिनाले आम जनता माझ आफ्नो क्रेज बढाइरहेकी छिन् । चुनावी अभियान अन्तर्गत रहेर गाउँगाउँ पुग्दै गर्दा उनले जनताको पिर मर्का बुझ्ने, स्थानीयको आवश्यकताहरुको बारेमा सोधी खोज ीगर्ने लगायतको कार्यलाई तिव्रता दिएकी छिन् ।

महिला सशक्तिकरणमा आफ्नो राजनीतिक जीवनको अधिकांश समय विताएकी डिना आममतदाताहरु समक्ष पुगेर उनीहरुलाई विकास निर्माण तथा नीति निर्माणबाट जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने प्रकृतिको एजेण्डाहरु सुनाईरहेकी छिन् ।

सरल शालिन स्वभावकी डिना जनता माझ पुग्दै गर्दा त्यहाँको माहोल पनि निकै सौहार्द बन्न थालेको छ । उनी चुनावी अभियान अन्तर्गत गाउँगाउँ पुग्दै गर्दा महिला तथा युवा पुस्ताहरु उनीसंग फोटा तथा सेल्फी खेच्नेको भिड नै लाग्न थालेको छ ।

पार्टीको समानुपातिकतर्फको पहिलो दावेदार रहेकी उनी जनताबाट प्रत्यक्ष जोडिएर काम गर्नकै लागि प्रत्यक्षतर्फबात चुनाव लड्न जाँदै गर्दा आम मतदाताले पनि त्यसलाई सकारात्मक लिएर मत दिने प्रतिवद्धता दिएका छन् ।

जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित हुन र जनतासंग प्रत्यक्ष जोडिएर काम गर्नको लागि समानुपातिक तर्फको अफ्नो नाम काटेर चुनावी अभियानमा होमीएको उनी सत्ता गठबन्धनबाट मकवानपुर–१ मा उम्मेदवार भएकाले आगामी निर्वाचन जित्न सहज हुने आंकलन समेत गरिएको छ । जनतामाझ लोकप्रिय हुँदै गए पछि उनको जित लगभग निश्चित जस्तै बनेको छ । उनी मकवानपुर–१ का अधिकांश वडाहरुमा पुग्दै गर्दा जनताको विश्वास र मत पाएर अत्याधिक बहुमतसहित चुनाव जित्ने दावी पनि गरिरहेकी छिन् ।

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडासहित सिंगो मकवानपुरको विकासलाई सहि दिशामा गति दिनका लागि आफू निर्वाचनमा होमीको उनको भनाई छ । लामो समय एमाले र कम्युनिटहरुले शासन गरेको मकवानपुरमा २०७० मा कांग्रेसले जितेपछि बसालेको विकासको जगलाई थप मजबुद बनाउनु आफ्नो उद्देश्य रहेको उनी बताउँछिन् । उनको मकवानपुरको विकासमा लागि ल्याएको एण्जेडाका कारण पनि उनको पक्षमा आम मतदाताहरुको सहभागिता बढ्दो क्रममा रहेको छ ।

आगामी निर्वाचनमा चुनाव जित्न सहज पर्नुको अर्को कारण हो गत स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारले जितेको पालीका र ति पालिकाका वडा अध्यक्षहरुले पाएको मत नै हो । सो क्षेत्रको अधिकांश पालिकाहरु र वडाहरुमा गठबन्धका उम्मेदवारले जितेका छन् जसले उनलाई चुनाव जित्न सहज हुने देखिन्छ ।

मकवानपुर–१ अन्तर्गत रहेको ४० वटा वडाहरु मध्ये २४ वटामा सत्ता गठबन्धनका उम्मेदवारले नेतृत्व गरिरहेका छन् भने सो क्षेत्रको ४ वटै पालिका मध्ये २ वटामा कांग्रेस र एक÷एक वटामा माओवादी केन्द्र र एकीकृत समाजवादीले नेतृत्व लिएको छ ।