२०८१ बैशाख १६, आईतबार    

मिस्टर मकवानपुरको तयारी पूरा

२०८० आश्विन १२, शुक्रबार १८:३२ बजे

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा शनिवार हेटौंडामा हुने पहिलो मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिताको तयारी पूरा भएको छ ।

मिस्टर मकवानपुर २०८० मा विभिन्न तीन विधा गरि ४५ खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक सुनील लोप्चनले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रतियोगितामा मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुने संयोजक लोप्चनले बताए । प्रतियोगितामा ५५ औ एसियन बडिबिल्डिङ च्याम्पियन वुमन फिजिक्स तर्फ ५५ केजी मा गोल्ड मेडलिस्ट रजनी श्रेष्ठको प्रशिक्षण तथा प्रदर्शन रहने बताइएको छ ।

मिस्टर मकवानपुर विधामा ५५,६०,६५,७०,७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ भने महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा अन्तरगत खुल्ला तौल समुहमा प्रतिस्पर्धा हुनेछ । मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराईने छ । मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने महासङ अध्यक्ष राजेश भेटवालले बताए । पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने उनले बताए । कार्यक्रम हेटौंडा २ स्थित पल्पसा हलमा अपरान्ह ४ बजे देखी मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित हुने जनाइएको छ ।