२०८१ बैशाख ७, शुक्रबार    

पन्ध्र सय मिटरमा अस्मितालाई स्वर्ण

२०८० जेठ ८, सोमबार १८:१३ बजे

सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथ्लेटिक्समा १५०० मिटर दौडमा स्वर्ण जितेका छन् ।

हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलामा र विकेश पुरुषमा स्वर्ण विजेता हुन् । विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए । सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कांस्य पदक जिते । महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समय लगाइन् । रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते । हाइजम्पमा दोलखाकी रोजिना कार्कीलेस्वर्ण प्राप्त गरिन् ।उनी १.३१ मिटर उचाई माथि उफ्रिन् ।

चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए । यसै विधामा पुरुषतर्पm चितवनका अविनाश सुनारले स्वर्ण जिते । उनी १.६९ मिटर उचाई उफ्रिए । सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए । डिस्कस थ्रोमा महिलातर्पm रामेछापकी अनिता कार्कीले २१.९८ मिटर पर फ्याक्दै स्वर्ण जिते । दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए ।

पुरुषतर्पm भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे । उनले २७.७० मिटर पर फ्याके । चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए ।