२०८१ बैशाख १३, बिहीबार    

बाल अधिकार संरक्षण र सुदृढीकरण बिषयक अभिमुखिकरण

२०७९ पौष ८, शुक्रबार १८:२९ बजे

हेटौडामा बाल अधिकार संरक्षण र सुदृढीकरण बिषयक एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मकवानपुरका विभिन्न गाउँपालिकाका जनप्रतिनिधि, बाल कल्याण अधिकारी एवम् कमर्मचारी तथा बाल अधिकार अभियन्ता गरी ४० जनाको सहभागितामा ऊक्त कार्यत्रम सम्पन्न भएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा जेभिआइ इन्टरनेशनलको सहयोगमा सम्पन्न कार्यक्रममा दिगो विकास लक्ष्य २०३० लाई लक्षित गर्दै विभिन्न पालिकाहरुले बाल श्रम मुक्त पालिका घोषणा गर्दै गरेको परिप्रेक्षमा बाल अधिकार संरक्षण र सुदृढीकरण गर्दै अधिकारको दिगो व्यवस्थापनमा छलफल केन्द्रीत भएको थियो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का डा देवकी आचार्य, राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडा जागृति बाल तथा युवा सरोकार नेपालका तिलोत्तम पौडेल जेभिआइका नेशनल डाइरेक्टर प्रकाश खडकालगायत विभिन्न स्थानीय पालिकाका प्रतिनिधिहरुको सहभागिता थियो ।

अधिवक्ता बिष्णु खत्रीले शहजीकरण गरेको ऊक्त कार्यत्रममा गाउँपालिकाले बाल संरक्षण प्रणालीको दिगोपनामा खेल्नूपर्ने भूकिाका विषयमा प्रशिक्षण दिइएको थियो । जनप्रतिनिधिले बढ्दो स्वेच्छिक बाल विवाहका बिषयमा चिन्ता समेत ब्यक्त गरेका थिए ।