२०८१ बैशाख १५, शनिबार    

हेटौंडामा उत्पादित गुन्द्रुक विदेश निर्यात हुने

२०८० माघ १५, सोमबार १८:४९ बजे

देश तथा बिदेशमा पनि सबैको चासोको तरकारीमा पर्ने गुन्द्रुकको व्यवसायीक उत्पादन हेटौंडामै थालिएको छ । नेपाली खानाको बिषेश परिकारमा पर्ने गुन्द्रुकको उत्पादन र बजारीकरणका लागि हेटौंडा–१२ को महिला कृषि समुह लागि परेको छ ।

हेटौंडा उपमहानगरपालिका–१२ मा रहेको कञ्चनगंगा कृषि सहकारीसँग आवद्ध रहेको कृषि महिला समुहले उत्पादन गरेको गुन्द्रुकको अनुज्ञापत्र लिने तयारी थालिएको छ । कञ्चनगंगा कृषि समुहले अनुज्ञापत्रका लागि प्रकृया अघि बढाइ सकेको छ अब खाद्य परिक्षण शाखाबाट गुणस्तर मापन पछि बजारीकरणका लागि सहज हुने उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत सञ्चालन भएको गुन्द्रुक उत्पादन गर्ने कार्यको नियमित रुपमा प्राविधिकको निरीक्षण तथा अनुगमन सहित थालिएको छ । हेटौंडा १२ आपधाप, घलेगाउँमा स्थानिय २० जना महिलाहरुले समुह बनाएर कामलाई अघि बढाइरहेको शाखा प्रमुख पौडेलले बताए । अहिलेलाई १५ कठ्ठा क्षेत्रफलबाट साग खेतीबाट सुरु गरिएको गुन्द्रुक उत्पादनलाई निरन्तरता दिँदै २१ कठ्ठा सम्म साग लगाउँने लक्ष्य राखिएको समुहका अध्यक्ष चिनिमाया गुरुङले बताइन् ।

नगरक्षेत्र भित्रै रहेर महिलाहरुले गरीरहेका कामको अनुगमन गर्न पुगेकी उपमहानगरपलिकाका नगर प्रमुख मीनाकुमारी लामाले बजारीकरण भन्दा पनि गुणस्तरमा ध्यान दिन आग्रह गरीन् । गुणस्तरीय उत्पादन भए व्यापारी गाउँसम्म लिन आउँने भन्दै कसरी गुणस्तरीय बनाउँने हो त्यो सोच्न जरुरी छ । बिश्वका घेरै देशहरुले गुन्द्रुकको उत्पादन र बिक्री गर्दै आएका छन् हामिले बाह्य मुलुक हैन स्थानिय बजारमै आफ्नो उत्पादन बिक्री गर्न सके आर्थिक उपार्जनमा सहयोग पुग्ने उनको भनाई थियो । अहिले बजारमा सबै आवश्यक सामग्री पाइन्छ भनेर जमिन बाजो राख्ने कार्यले आर्थिक रुपमा हामिलाई कम्जोर बनाउँदै लगेको नगर प्रमुख लामाको भनाई थियो ।

अनुगमनसँगै गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) वडा स्तरिय अभिमुखिकरण तथा पिआरए कार्यक्रम सञ्चालन गरेको छ ।