२०८१ आश्विन २६, शनिबार    

बालमैत्री घोषणाको सातौं वडा बन्दै हेटौंडा ९

२०८१ आश्विन ७, सोमबार १७:०९ बजे

आउँदो पौष सम्ममा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा अभियानमा हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा थपिने भएको छ ।

यहि असोज ११ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीसँगै नगरको सातौं वडा हेटौंडा–९ बन्ने भएको छ । वडा घोषणा गर्ने मात्र होइन घोषणा पछिको जिम्मेवारीलाई समेत बहन गर्ने गरी अभियानमो जोडिएको हेटौंडा–९ का अध्यक्ष एवम् बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक सुकराम केसीले बताए ।

सोमबार वडामा आयोजित पत्रकार सम्मेलनमा सभ्य र भव्य कार्यक्रम गर्ने तयारीमा रहेको भन्दै महाअभियानमा सबैलाई सहयोगी बन्न आवहन गरे । उनका अनुसार बालमैत्री स्थानिय शासन घोषणाका लागि आवश्यक रहेको ५१ सुचकलाई पुरा गर्दै आउँदो ११ गते वडालाई बालमैत्री घोषणा गरीने जानकारी दिए ।

यस अघि हेटौंडा उपमहानगरपालिकाको ८, २, ७, १७, ४ र १० नम्बर वडा बालमैत्री घोषणा भैसकेका छन् । यस अघि पुर्ण खोप, पुर्व साक्षर र खुल्ला दिशा मुक्त वडा घोषणा भैसकेको हेटौंडा ९ लाइ सातौं वडाको रुपमा बालमैत्री स्थानिय शासन युक्त बनाउँन लागिएको हो । घरधुरी तथ्याङक २०७९ अनुसार १८ बर्ष मुनिका २ हजार ७०७ जना रहेकोमा १ हजार ४४५ बालक र १ हजार २६२ जना बालिकाहरु रहेका छन् ।

बालमैत्री घोषणा पुर्व वडामा २५ वटा बाल समुह र १ बाल सञ्जालमा ६२५ जना बालबालिका आवद्ध रहेका छन् भने बिभिन्न संरचनागत समितिमा गरी ६५५ जना बालबालिकाहरको प्रत्यक्ष सहभागिता रहेको वडा कार्यालयका सचिब राजेन्द्र पोखरेलले जानकारी दिए ।

वडाले गत आर्थिक बर्षमा गरेको कामको समिक्षा

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडाले गत आर्थिक बर्षमा गरेका कामको लेखाजोखा गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा २०८०÷०८१ मा ९ नम्बर वडामा भएका विकास निर्माण तथा अन्य क्रियाकलापहरुको सार्वजनिक सुनुवाई मार्फत लेखाजोखा गरेको हो ।

वडाले आर्थि बर्ष २०८०÷८१ मा बिभिन्न पुर्वाधार निर्माण सहितका काममा ३ करोड ४९ लाख ६४ हजार २९२ रुपियाँ खर्च गरेको उल्लेख गरेको छ । वडाले २०८०÷०८१ मा सडक पुर्वाधार ल्याब ढलान, ढल निर्माण, बिधुत सामग्री बितरण, खेलकुद लगाएतको क्षेत्रमा खर्च गरेको जानकारी गराइएको थियो ।

९ नम्बर वडाका अध्यक्ष सुकराम केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधी सहित वडामा रहेको टोल बिकास सस्था, आमा समुह, सामाजिक संघसस्थामा प्रतिनिधित्व गर्ने स्थानिय सहितको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाईमा संघसस्थाको प्रतिनिधित्व गर्दै स्थानिय प्रगति माध्यमिक बिद्यालयमा प्रधानाध्यापक निरन्जन ढकालले मन्तव्य व्यक्त गरेका थिए ।