२०८१ जेठ ८, मंगलबार    

चित्लाङमा हिउँ खेल्दाखेल्दै एक युवकको मृत्यु

२०७८ माघ २२, शनिबार १७:४३ बजे

हेटौंडा/ मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित पर्यटकी गन्तव्य चित्लाङमा हिउँ खेल्दाखेल्दै शनिबार एक युवकको मृत्यु भएको छ ।

मृतकको विवरण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।‘हाम्रो टोली घटनास्थलतर्फ गइरहेको छ । केही समयमा सवै विषयबारे थाहा हुनेछ ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले भने ।

अत्यधिक चिसो (हाइपोथरमिया) कारण युवकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । अहिलेसम्म प्रहरीको टोली पुगिसकेको छैन, त्यसैले मृतकको पहिचान, मृत्युको कारण खुलिसकेको छैन ।