बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले स्तनपानमा ध्यान दिन आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताह २०२२ को अवसरमा स्वास्थ्य सन्देश जारी गर्दै मन्त्री लामाले स्तनपान कोभिड महामारी पछिको दिगो विकास रणनीतिको लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले पोषणमा सुधार गर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्ने बताए ।
मन्त्री लामाद्वारा जारी सनदेशमा नेपालमा पनि स्तनपान विषयलाई प्रोत्साहन गर्ने उद्धेश्य राखिएको र यसलाई नेपाल सरकारले धेरै महत्वपूर्ण रुपमा लिएको उल्लेख गरिएको छ ।
‘स्तनपानमा अग्रसर हुनका लागि ज्ञान दिऔं र समर्थन गरौं’ भन्ने नाराका साथ अगष्ट १ देखि ७ सम्म नेपालमा पनि मनाइदैछ ।