२०८१ बैशाख १७, सोमबार    

रोजगारीका लागि हेटौंडा अस्पतालमा २२ सय ५९ जनाको निवेदन

२०८० भाद्र १६, शनिबार १९:३४ बजे

हेटौंडा अस्पतालमा कर्मचारी भर्नाका लागि गरिएको विज्ञापनमा २ हजार २ सय ५९ जनाले फारम भरेका छन् । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको एक सय ३० जनाको अस्थायी दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन गरिएको थियो ।

हेटौंडा अस्पतालका लागि आवश्यक विभिन्न प्रकारका अस्थायी दरबन्दीमा करारमा पदपूर्ति गर्नका लागि भएको विज्ञापनमा २ हजार २ सय ५९ जनाले दरखास्त दिएको अस्पतालका व्यवस्थापक सुरेश बडुले जानकारी दिए । अस्पतालको मेडिकल अधिकृतका लागि ५३ जनाले फारम भरेका छन् ।

हेमियोप्याथिक चिकित्सकका लागि ६ जना, रेडियोग्राफी टेक्नोलोजिष्टका लागि १६ जना, माइक्रोबायोलोजिस्टका लागि ८ जना, स्टाफ नर्सका लागि २ सय ९५ जना, हेल्थ असिस्टेन्टका लागि २ सय ११ जना, ल्याब टेक्निसियनका लागि १ सय ३२ जनाले आवेदन दिएका छन् । फार्मेसी सहायकका लागि ६८ जना, रेडियोग्रफरका लागि ३१ जना, एनेस्थेटिक सहायकका लागि ३ जना, मेडिकल रेकर्डरका लागि १३ जना, सहायक कम्प्युटर अपरेटरका लागि ६ सय ६० जना, स्वीपरका लागि ७ सय १० जना र सुरक्षा गार्डका लागि २ सय ८७ जनाले फारम भरेका हुन् ।

अस्पतालले २ हजार २ सय ५९ जनाबाट १ सय ३० जनालाई छनोट गर्नेछ । अस्पतालले यही भदौ १७ गतेदेखि २७ गतेसम्म हुने परीक्षा तथा अन्तरवार्ताबाट १ सय ३० जनालाई छनोट गर्ने बताइएको छ ।

अस्पतालले आठौं तहको मेडिकल अधिकृत १५ जना, आठौं तहको हेमियोप्याथिक चिकित्सक १ जना, सातौं तहको रेडियोग्राफी टेक्नोलोजिष्ट ४ जना, सातौं तहका माइक्रोबायोलोजिस्ट १ जना, पाँचौं तहको स्टाफ नर्स ४५ जना, पाँचौं तहको हेल्थ असिस्टेन्ट १० जना, पााचौं तहको ल्याब टेक्निसियन ७ जना, पाँचौं तहको फार्मेसी सहायक ८ जना, रेडियोग्राफर ५ जना, पाँचौं तहको एनेस्थेटिक सहायक २ जना, पाँचौं तहको मेडिकल रेकर्डर २ जना, चौथो तहको सहायक कम्प्युटर अपरेटर ८ जना, श्रेणीबिहीन स्वीपर ११ जना र श्रेणीबिहीन सुरक्षा गार्ड ११ जनाको माग गरेको हो ।
(समृद्ध समाज अनलाइनबाट)