२०८१ बैशाख १७, सोमबार    

ट्याक्टर दुर्घटनाहुँदा एकको मृत्यु

२०७९ चैत्र २८, मंगलबार ११:५४ बजे

मकवानपुर विकट गाउँपालिका राक्सिराङ–६, खर्कन्टेटारमा ट्याक्टर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा राक्सिराङका ३३ वर्षीय काजीमान प्रजा रहेको छन् ।

सोमबार मध्यराती १ बजेर ३० मिनेटको समयमा फाकलटारबाट राक्सिराङ जाँदै गरेको ना.६ त ५२१८ नम्बरको ट्याक्टर दुर्घटनाहुँदा प्रजा गम्भीर घाइते भएका थिए । घाइते प्रजालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो ।

उपचारको क्रममा प्रजाको मंगलबार बिहान करिब ९ बजेको समयमा मृत्यु भएको थियो । ट्याक्टर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।