२०८१ बैशाख १५, शनिबार    

उम्मेदवार खतिवडाको आग्रहपछि छुटे खड्का

२०७९ कार्तिक २३, बुधबार १६:१६ बजे

 मकवानपुर २ बाट गठबन्धनका उम्मेद्वार विरोध खतिवडाले आफूलाई दुव्र्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रह बमोजिम मकवानपुर प्रहरीले हेटौंडा २ का पुरुषोत्तम खड्कालाई आज छाडिदिएको छ ।

पूर्वस्वाथ्य तथा जनसख्यामन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता खतिवडालाई हिजो मकवानपुरको मनहरी गाउँपालिका-४ मसिनेमा चुनावी सभामा गएका बेला हिजो मंगलबार मादक पदार्थ सेवन गरेका खड्काले दुव्र्यबहार गरेका थिए ।

आफूलाई दुव्र्यबहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेद्वार खतिवडाले आजै मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए । खतिवडाको आग्रह बमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुरका प्रहरी प्रबक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित भइसकेका सांसद हुन् । आफू गठबन्धनका तर्फबाट साझा उम्मेदवार रही अत्यधिक मतसहित जित्ने निश्चित देखिएपछि हारको मानसिकता बोकेकाले मादक पदार्थ खुवाएर पठाइएर आफूमाथि दुव्र्यबहार गराइएको खतिवडाको भनाई छ । हारुदेखि अत्तालिएकाबाट त्यस्तो गलत व्यवहार भएपनि आफूले त्यसलाई सामान्य रुपमा लिएर दुव्र्यबहार गर्नेलाई छाडिएको खतिवडाको भनाई छ ।

मनहरी ४ मा हिजो मंगलबार उम्मेद्वार खतिवडामाथि हातपात भएको भन्दै समाचार सार्वजनिक भएको थियो ।