२०८१ बैशाख १७, सोमबार    

३ करोड ८९ लाख रुपैयाँसहित ४ चिनियाँ नागढुंगाबाट पक्राउ

२०७९ जेठ २४, मंगलबार १९:२६ बजे

स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपाली ड्राइभरलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।

नुवाकोटबाट काठमाडौं आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीको तलासी गर्दा प्रहरीले स्रोत नखुलेको ठूलो रकम बरामद गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

पक्राउ परेकाहरु

१. चिनियाँ नागरिक वर्ष ५० को अङ जाइकिङ

२. चिनियाँ नागरिक वर्ष ४९ को झान टु

३. चिनियाँ नागरिक वर्ष ३१ को मेङ युन सुन

४. चिनियाँ नागरिक वर्ष २६ को मौजियान हुआ

५. जिल्ला नुवाकोट विदुर नगरपालिका वडा नं. ८ घर भएका वर्ष ४४ का फूलबहादुर गुरुङ

बरामद रकम

१. एक हजार दरको ३६ हजार ४१३ थान गरी नगद ३ करोड ६४ लाख १३ हजार

२. पाँच सय दरको ५ हजार १ थान गरी नगद २५ लाख ५००

३.एक सय दरको २ थान गरी नगद २००

४. बीस दरको थान १

जम्मा ३ करोड ८९ लाख १३ हजार ७२०।