२०८१ बैशाख १९, बुधबार    

न्यूरेनीवासीलाई १० हजार लिटर निःशुल्क खानेपानी

२०७९ माघ २९, आईतबार १४:२० बजे

हेटौंडा उपमहानगरपालिकाले उपलव्ध गराएको १० हजार लिटर सम्म निःशुल्क पानीको उपभोग हेटौंडा–१० न्युरेनीका बासिन्दाले पाउने भएका छन् ।

१२ बर्षदेखि खानेपानी उपभोक्ता समिति मार्फट खानेपानीको प्रयोग गर्दै आएका स्थानीयले खानेपानी व्यवस्थापन बोर्डलाई उपभोक्ता समिति हस्तान्तरण गरेसँगै निःशुल्क पानी पाउने भएका हुन् । उपमहानगरका प्रमुख मीनाकुमारी लामाले बोर्डमार्फत जोडिएको धाराबाट पानीको उपभोग गर्ने नगरवासीलाई १० हजार लिटरसम्म पानीको प्रयोगमा शुल्क नलाग्ने सम्झौता हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग गरेसँगै यहाँका बासिन्दाले निःशुल्क पानीको उपभोग गर्दै आएका छन् ।

बोर्डमा उपभोक्ता समिति हस्तान्तरणसँगै न्युरेनीका १ सय ६० घरधुरीले प्रयोग गर्दै आएको १३७ धारामा स्वच्छ र सफा खानेपानीको व्यवस्थापन गर्ने काम आफूहरु मातहत आएको अध्यक्ष प्रताप बिष्टले बताए । उपभोक्ता समिति हस्तान्तरण पुर्वबोर्डले न्युरेनीमा नयाँ पाइपलाइनको बिस्तारसँगै घरै पिछे पानी जडानको व्यवस्था मिलाई सकेको उनले बताए ।

उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले नगरको समग्र बिकासमा लागि परेको बताइन् । उनले हेटौंडा १० न्युरेनी लक्षित गर्दै आयआर्जनमा जोडिनका लागि राप्ती टनमा आक्रर्षक पार्कको निर्माण गरीने बताइन् ।चाडै अव्यवस्थित ढंगबाट फालिएका फोहरलाई व्यवस्थापन गर्दै उपमहानगरले व्यवस्थित ढंग बाट मेसिनको प्रयोग गर्दै फोहर व्यवस्थापन गर्ने बताइन् ।नगरको बिकास र सुन्दरतामा उपमहानगरवासी सबै एक जुटहुन आवश्यक रहेको उनको भनाई थियो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष नत्रेनाथ धिमालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१० का अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्डका सदस्य इन्द्र नेपाल, वडासदस्यहरु शारदा श्रेष्ठ, गोमा सुनार, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटाको आतिथ्यता रहेको थियो ।