२०८१ बैशाख १३, बिहीबार    

फोहोर व्यवस्थापन गर्न राजेश बानियाँको संयोजकत्वमा कार्यदल गठन

२०७९ भाद्र १५, बुधबार ११:३४ बजे

हेटौंडा उपमहानगर क्षेत्रबाट उत्पादन हुने फोहोर व्यवस्थापनका लागि कार्यदल गठन गरिएको छ ।

उपमहानगरका नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको ८ औं कार्यपालिका बैठकले पालिका क्षेत्रबाट निस्किएका फोहोरको व्यवस्थापन गर्नका लागि उपमहानगरका उपप्रमुख राजेश बानियााको संयोजकत्वमा फोहर व्यवस्थापन कार्यदल गठन गरेको हो ।

कार्यदलले उपमहानगका क्षेत्रबाट उत्पादन भएका फोहोरलाई एकै ठाउा डम्पिङ गर्ने भन्दा पनि फरक/फरक ठाउाहरुमा फोहर व्यवस्थापनको लागि सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । अहिलेको व्यवस्थापनमा खर्चिलो र जोखिम बढी भएकाले उपमहानगर क्षेत्रका अन्य ठाउामा समेत फोहर व्यवस्थापन गर्न सकिन्छ कि भन्ने हिसाबले कार्यदल गठन गरेर काम गर्न लागिएको नगर प्रमुख लामाले बताइन् ।

अब पुरानै शैलिबाट फोहोर व्यवथापनमा असहज अवस्था आएकाले नगर क्षेत्रका वडाहरुमा पनि डम्पिङ साइडको व्यवस्थापन गर्नका लागि कार्यलदलले काम गर्ने बताइएको छ । सबै क्षेत्रबाट उपमहानगरले निर्धारण गरेको डम्पिङ साइडसम्म फोहर ल्याउादा व्यवस्थापनमा निकै कठिन देखिएकाले सम्बन्धित वडाको फोहर व्यस्थापनका लागि अन्य ठाउाको पहिचानको लागि कार्यदल गठन गरिएको उनले बताइन् ।

फोहोर व्यवस्थापन कार्यदलको सदस्यमा हेटौंडा २ का अध्यक्ष बिष्णुगोपाल महर्जन, ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, १० का अध्यक्ष फुर्वा दोर्जे लामा, ११ का अध्यक्ष जुना दाहाल, १३ का अध्यक्ष पेम्वा लामा, १५ का अध्यक्ष सुनिल मोक्तान, १७ का अध्यक्ष उद्धब सत्याल र १९ का अध्यक्ष नरनाथ सुवेदी सदस्य रहेका छन् ।