२०८१ बैशाख २१, शुक्रबार    

तयार भयो तेक्वान्दोको कभर्ड हल

२०७८ चैत्र १४, सोमबार १४:३७ बजे

हेटौंडा–४, कर्रामा तेक्वान्दो कभर्डहलको उद्घाटन गरिएको छ ।

उपमहानगरपालिकाको लगानीमा र तेक्वान्दो संघ मकवानपुरको समन्वयमा कभर्डहल निर्माण गरिएको हो । कभर्ड हल उद्घाटन गर्दै मेयर हरिबहादुर महतले पाँचवर्षको अवधिमा खेलकुद क्षेत्रको भौतिक संरचना निर्माणको काम धेरै भएको दावी गरे । देशभरका तेक्वान्दो खेलाडीका लागि यस संरचनाले सहयोग पुग्ने उनको विश्वासको छ ।

तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्रचार्यले भवन निर्माण गर्न लागि उपमहानगरपालिकाले गरेको सहयोगको चर्चा गरेका थिए । उद्घाटन समारोहमा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, विभिन्न क्षेत्रका खेलकुद क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।