२०८० चैत्र १६, शुक्रबार    

अन्जन विष्ट सम्मानित

२०७९ पौष ८, शुक्रबार १८:०२ बजे

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन् ।

शुक्रबार काठमाडौंको एकपार्टी प्यालेसमा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो । दुबै खेलाडीलाई मुख्य अतिथी नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले सम्मान गरेका थिए ।

सम्मानित दुबै खेलाडीले नगद जनही ५० हजार प्राप्त गरे । तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व. छत्रबहादुर थापाको स्मृतिमा चौथो पटक सम्मान कार्यक्रम आयोजना भएको हो । यस अघि नेपाली राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठ छत्रबहादुर स्मृतिबाट सम्मानित भएका थिए ।

नेपाली राष्ट्रिय टोलीमा नियमित सदस्य अन्जनले हालसम्म ११ गोल गरिसकेका छन् । एन्फा एकेडेमीका अन्जनले बंगलादेशसँग असोजमा भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । १२औं दशौं दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु कप र एएफसी सोलिडारिटी कप नेपालले जित्दा अन्जन मुख्य खेलाडी थिए ।

यसैगरी कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपाललाई स्वर्ण पदक जितेका थिए । त्रिभुवन आर्मी क्लबमा आबद्ध कमलले ५७ साल यता भारोत्तोलन खेलमा लगातार खेल्दै आएका थिए ।