२०८१ बैशाख १६, आईतबार    

हेटौंडाका महर्जनले पाए बुलेट बाइक

२०८० माघ २७, शनिबार १९:०३ बजे

एपीएफका फरवार्ड अनिष महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् ।

करिब ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्राप्त गरेसँगै उनी खुशीले गदगद भएका थिए । केही महिना अगाडिदेखि मात्रै एपीएफमा अनुबन्धित भएका उनले प्रतियोगितामा दुई गोल गरेका थिए । उनी हेटौंडाकै हुन् । पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सर्वोत्कृष्ट खेलाडीका लागि प्रायोजन गरेको थियो ।

आयोजकले वर्षेनी सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गर्दै आइरहेको छ ।