२०८१ बैशाख ७, शुक्रबार    

प्लेयर अफ द एयरको मनोनयन सार्वजनिक

२०७९ श्रावण २८, शनिबार ०८:५६ बजे

करिम बेन्जेमा, थिबाउट कोर्टियस र केभिन डि ब्रुएने युइएफए प्लेयर अफ एयर २०२१÷२२ को शीर्ष ३ मा मनोनित भएका छन् । त्योसँगै वर्षका उत्कृष्ट प्रशिक्षक र महिला वर्षको उत्कृष्ट खेलाडीको पनि मनोनयन सार्वजनिक भएको छ ।

विजेताको नाम अगष्ट २५ मा इस्तानबुलमा हुने च्यम्पियन्स लिगको समूह चरणको उद्घाटनका अवसरमा घोषणा गरिनेछ । कार्लो एन्सेलोटी, पेप ग्वार्डिओला र योर्गन क्लोप प्रशिक्षकतर्फको शीर्ष ३ मा मनोनित भएका छन् ।

प्लेयर अफ दी एयर

करिम बेन्जेमा (रियल म्याड्रिड र फ्रान्स)

बेन्जेमा सम्मिलित रियलले यो वर्ष १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यो क्रममा १५ गोल गरेका बेन्जेमा मनोनयनको शीर्षस्थानमा रहेका छन् ।

थिबाउट कोर्टियस (रियल म्याड्रिड र बेल्जियम)

रियलको पहिलो रोजाईका गोलकिपर थिबाओट सम्मलित टोलीले ला लिगा र च्याम्पियन्स लिग उपाधि जितेको थियो । च्याम्पियन्स लिग फाइनलमा म्यान अफ दी म्याच प्रदर्शन गरेका थिबाउटले साडियो माने र मोहम्मद सलाहको आक्रमण रोकेका थिए ।

केभिन डि ब्रुएने (म्यानचेस्टर सिटी र बेल्जियम)

सिटीका मिडफिल्डर लगातार तेस्रो पटक वर्षको उत्कृष्ट खेलाडीको शीर्ष ३ मा पर्न सफल भएका छन् । प्रिमियर लिगमा पनि उनी प्लेयर अफ दी सिजन घोषित भएका थिए । पछिल्लो सात सिजनमा सिटीले चौथो पटक प्रिमियर लिग उपाधि जितेको थियो ।