२०८१ बैशाख १२, बुधबार    

अपाचे आरटीआर १६० ४भी  हेटौंडाको शोरुममा लन्च

२०७९ असार १३, सोमबार १७:३६ बजे

अपाचे आरटीआर १६० ४भी नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोटरसाइकल हो ।  जसमा तीन  राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहर छन् । जसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यस मोटरसाइकलले स्पोर्ट मोडमा 17.55PS @ 9250rpm र अर्बन र रेन मोडमा 15.64PS @8600rpm पावर उत्पादन गर्दछ। त्यस्तै, यसले स्पोर्ट्स मोडमा 14.73Nm @ 7250rpm र अर्बन र रेन मोडमा 14.14Nm @ 7250 rpm टर्क उत्पादन गर्दछ। राइड मोडहरूले पावर र ABS सेटिङलाई कुनै पनि सवारी अवस्थाहरूमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन्।

 मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (RTFI) प्रविधिको BS-VI अनुरूप इन्जिन रहेको छ । जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्छ। यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउँछ। यसमा SmartXConnect जस्ता प्रविधिहरू पनि छन् । जसले सवारीको बारेमा धेरै जानकारीहरू देखाउँछ र ब्लुटुथ मार्फत राइडरको स्मार्टफोनमा जडान गर्नसकिन्छ। थप रूपमा, मोटरसाइकलमा एग्रेसिभ DRL हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, ABS जस्ता अन्य धेरै फिचरहरु छन्।

 टिभिएस मोटर कम्पनी-भारतका प्रतिनिधिहरूले जगदम्बा मोटर्सलाई नेपालमा टिभिएसको सफलताको लागि बधाई दिँदै नेपाली बजारमा आगामी टिभिएस अपाचे आरटीआर १६० ४ भी को सफलताको कामना गरे । उनीहरूले यो मोटरसाइकलले १५० सीसीको सेग्मेन्टमा ‘बिग बाइक’ फिचर ल्याउने आफ्नो दृष्टिकोण रहेको र यसले नेपालमा मात्र नभई विश्वभरका उत्कृष्ट फिचर्सका साथ यो सेगमेन्टमा क्रान्ति ल्याउने बताए ।

 सो मोटरसाइकल सार्वजनिक भएपछि अपाचे आरटीआर १६० ४भीको अधिकारीक बिक्रेता हेटौंडा अटोमार्टका सञ्चालक प्रवेश बरुवालले Apache RTR 160 4V RTFI विथ BS-VI बारेमा निकै समय देखि ग्राहकहरुले माग गरिरहेको बताये । उनले भने 'अहिले सम्म यस वर्गमै नभएको फिचर भएकोले Apache RTR 160 4V RTFI विथ BS-VI अन्य मोटरसाइकल भन्दा उच्च भएको यो मोटरसाइकलले अवस्य पनि टिभिएसको नेपालमा बिक्रि बढाउने छ । ‘