२०८१ बैशाख १५, शनिबार    

मेनरोड नजिकै कृषि तथा तरकारी बजार सञ्चालनमा

२०८० असार १९, मंगलबार १६:३३ बजे

तीन करोड रुपैयाँ लागनीमा हेटौंडा–४ स्थित मेनरोड नजिकै कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ ।

तरकारी, फलफूल तथा अन्य कृषि उत्पादन बिक्री गर्ने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको हो । त्रिवेणी भेजिटेबल मार्टले स्थानीय उत्पादनको विक्रीवितरणमा सहयोग गर्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएको हो ।

त्रिवेणी भेजिटेबल मार्ट अध्यक्ष अभ्यास भुजेल, सचिव राजीव गोले, कोषाध्यक्ष अजय स्याङ्तान, सदस्यहरु सुरज गोङ्बा लामा र प्रिन्स लामा मिलेर लगभग ३ करोड रुपैयाा लगानीमा बजार सञ्चालनमा ल्याइएका हुन् ।

बजारमा ९० वटा तरकारीको स्टल, ३० वटा गेडागुडी तथा खाद्यान्नको स्टल, २० वटा फलफूलको स्टल, ५ वटा मासुको र ५ वटा खाजाको स्टल रहेका छन् । मार्टका सचिव गोलेका अनुसार सानो लगानीमा व्यवसाय गर्न चाहनेहरुका लागि यो बजारले ठूलो सहयोग गर्नेछ ।

हेटौंडा उपमहानगरपलिकाका प्रमुख मीनाकुमारी लामाले बजारको उद्घाटन गरेकी थिइन् ।