२०८१ बैशाख १४, शुक्रबार    

शिवमले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

२०७९ पौष ३०, शनिबार १७:५६ बजे

शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वािर्षक साधारण सभा शुक्रवार हेटौंडास्थित होटल सामनामा सम्पन्न गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आ.व. २०७८÷०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तिन) प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसहितका प्रस्तावहरु पारित गर्दै बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना सञ्चालकहरु निर्वाचित गरेकोमा सभास्थलमा बसेको नवनिर्वाचित सञ्चालकको बैठकबाट सञ्चालक गौरव गोयललाई समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्वसचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो ।