२०८१ बैशाख १२, बुधबार    

अन्तर विद्यालय टी २० क्रिकेट कार्तिक २४ गतेदेखि

२०७९ कार्तिक २०, आईतबार १२:३४ बजे

मकवानपुरमा जिल्लास्तरीय अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगिता कार्तिक २४ गते बिहीबारदेखि हुने भएको छ । मकवानपुर क्रिकेट संघको आयोजनामा प्रतियोगिता हुने मकवानपुर क्रिकेट संघका कार्यबाहक सचिव बिनोद बानियाँले जानकारी दिए । मकवानपुर क्रिकेट संघका पूर्वकप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतिमा क्रिकेट प्रतियोगिता हुने भएको हो ।

 

लिग कम नकआउटका आधारमा खेल खेलाइने छ । प्रतियोगितामा सहभागिताका लागि २२ गतेसम्म जिल्लाभित्रका विद्यालयले टिम दर्ता गर्न सकिने छ । प्रतियोगितामा १२ टिमको सहभागिता भने पक्का भइसकेको छ । प्रतियोगिताको विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।