२०८१ बैशाख ८, शनिबार    

मंसिर २८ गतेबाट जिल्लास्तरीय भलिबल

२०७९ मंसिर १८, आईतबार १५:४७ बजे

२० औं संस्करणको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता मंसिर अन्तिम साताबाट हेटौंडामा सुरु हुने भएको छ ।

बसामाडी जेसीजको आयोजनामा मंसिर २८ गतेबाट पुस २ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने आयोजकले हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हेटौंडा–१० स्थित स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यको प्रायोजनमा हुने प्रतियोगितामा जिल्लाभरका उत्कृष्ट टोलीले सहभागिता जनाउने जेसीज अध्यक्ष चिराज अग्रवालले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेतालाई ६५ हजार रुपैया“ र उपविजेताले ३० हजार रुपैया“ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको संयोजक सरोज पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ । आयोजक महासचिव जनक शर्माका अनुसार जिल्लामा भलिबल खेलको विकास गर्न र खेलाडीलाई प्रोत्साहन गर्न वर्षेनी आफ्नो संस्थाले दुईवटा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।