२०८१ बैशाख १४, शुक्रबार    

संघीयताको संस्थागत विकासमा राष्ट्रपतिको जोड

२०७९ फाल्गुन ९, मंगलबार १३:४५ बजे

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयताको संस्थागत विकासमा जोड दिएकी छन् ।

मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै भण्डारीले संघीयताको अवधारणा अनुसार देशकै सातवटै प्रदेशलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिएकी हुन् ।

‘संविधानले व्यवस्था गरेको नागरिकहरुको मौलिक हक अन्तर्गतको गुणस्तरिय स्वास्थ्य सेवाको प्राप्तीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघाउ पुर्‍याउने विश्वास लिएको छु ।’, उनले रोग नलाग्नु मात्र स्वास्थ नभएको बताइन् ।

उनले हेटौंडा अस्पतालको संघीय सरकारको ४३ करोड रुपैयाा लागतमा निर्माण भएको ३ तले भवनको उद्घाटन गरेकी हुन् ।