२०८१ बैशाख १६, आईतबार    

लागूऔषधसहित घरैबाट तीनजना पक्राउ

२०७९ भाद्र २३, बिहीबार १८:३५ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ ।

प्रहरीले हेटौंडा–५, सिचाईं टोलबाट ३१ वर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागूऔषध लुकाएर विक्रीवितरण गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा उनको घरको कोठा खानतलासी गर्दा कोठाभित्र लुकाएर राखेको लागूऔषध नाईट्रोभेट ३ सय १६ ट्याब्लेट र अनरेक्सको १४ बोत्तल फेला परेको थियो । उनलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो ।

सोधपुछको आधारमा प्रहरीले हेटौंडा–५ का २६ वर्षीय रविन श्रेष्ठ र भीमफेदी–५ घर भइ हाल हेटौंडा–५, सिचाईं टोल डेरा गरी बस्ने ३० वर्षीय प्रमोद कार्की पक्राउ गरेको थियो । प्रहरीले श्रेष्ठ र कार्कीको कोठामा लुकाएको लागूऔषध नाइट्राभेट १५ सय ४५ ट्याब्लेट र अनरेक्स ६३ बोत्तल फेला पारेको थियो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।