२०८१ बैशाख १७, सोमबार    

प्रदेशसभाको बैठक स्थगित

२०८० भाद्र २९, शुक्रबार ०९:०३ बजे

विशेष कारण देखाउँदै बागमती प्रदेशसभा बैठक एक दिनका लागि पर सारिएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको  प्रदेशसभा बैठक शनिबार दिउँसो ११ बजेका लागि सारिएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

सचिवालयका अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विशेष कारणले शुक्रबारको बैठक चल्न नसक्ने र शनिबारका लागि बैठक बोलाउन निर्देशन दिएका थिए । सोही अनुसार सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक सरिएको सचिवालयका प्रवक्ता मनोज गुप्ताले बताए । निर्देशन अनुसार बिहीबार नै सम्पूर्ण सांसदहरूलाई सूचना प्रवाह गरिएको उनले बताए । 

सचिवालयका अनुसारको शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकहरूलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।