२०८० फाल्गुन १५, मंगलबार    

वाग्मतीमा टु्ंगियो भागबण्डा, मन्त्री बन्नेको सूची तय

२०७९ माघ ११, बुधबार १२:५१ बजे

वाग्मती प्रदेश सरकारले आज पूर्णता प्राप्त गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको १७ औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण तय गरिएको छ । हाल मन्त्रिपरिषद् ३ सदस्यीय रहेको छ । एमालेका जगनाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धब थापाले विनाविभागीय मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

प्रदेशका सत्तारुढ दलहरुले मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम छिनोफानो गरेका छन् । विहान बसेको नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको संसदीय दले वैठकले मन्त्रिपरिषद्मा सहभागी हुनेको अन्तिम नामावली तय गरेको हो ।

नेकपा एमालेबाट एकालाल श्रेष्ठले श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठले स्वास्थ्य तथा केशव पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिपरिषद्मा सहभागी हु“दैछन् ।

माओवादी केन्द्रबाट युवराज दुलालले भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् दिने तय भएको छ ।

राप्रपाका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी तथा राजु विष्ट वन तथा वातावरण मन्त्रालयको जिम्मेदवारी प्राप्त गर्नेछन् । विनाविभागीय मन्त्री रहेका उद्धब थापाले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालय सम्हाल्नेछन् ।