२०८१ बैशाख १६, आईतबार    

एमाले सरकार समक्ष प्रस्तुत गर्‍यो ११ बुँदे शर्त

२०८० असार १७, आईतबार १४:४६ बजे

नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलले अबरुद्ध रहेको प्रदेशसभा सञ्चालन गर्न विभिन्न शर्त अगाडि बढाएको छ । उसले ११ बुँदे माग सरकार समक्ष राखेको हो ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को सदनमा प्रस्तुत भएको बजेटको विरोध गर्दै सदन अवरुद्ध गरिरहेको एमालेले आइतबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो माग अगाडि सारेको हो । एमालेको धेरैजसो माग अघिल्लो पटक आफ्नो नेतृत्वको सरकार रहँदा सुरुवात गरेको योजना रहेका छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आफू निर्वाचित जिल्लामा मात्र २७ प्रतिशत बजेट विनियोजन गरेको आरोप लगाए ।