२०८१ बैशाख १७, सोमबार    

९ करोड १८ लाखको मतपेटिका खरिद गरिँदै

२०७८ चैत्र १२, शनिबार १३:५५ बजे

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटिका ठेक्का स्वीकृत गरेको छ। ९ करोड १८ लाख १२ हजार ५ सय रुपैयाँमा मतपेटिका आपूर्तिका लागि टेकुको केएस इन्टरनेशनललाई ठेक्का दिएको हो।

आयोगले शनिबार सूचना जारी गर्दै ठेकेदार कम्पनीलाई आगामी सोमबार सम्झौताका लागि बोलाएको छ। मतपेटिका ठेक्काका लागि आयोगले इ-बिडिङ गराएको थियो। गत बिहीबारसम्म दाखिल भएका बिभिन्न कम्पनीका बोलपत्रमध्येबाट निर्वाचन आयोग ऐन २०७३ को दफा ३८ अनुसार शुक्रबार कम्पनी छनोट गरिएको सूचनामा उल्लेख छ। 

आयोगका अनुसार यसपटक १० हजार ७ सय ५६ मतदान स्थल रहने छन्। २०७४ मा स्थानीय तह निर्वाचन तीन चरणमा भएको थियो। उक्त निर्वाचनका तुलनामा यसपटक १५ लाख मतदाता थपिएको अनुमान छ।