२०८१ बैशाख १९, बुधबार    

भीमफेदीमा एमालेका लामा प्रमुखमा , कांग्रेसका श्रेष्ठ उपप्रमुखमा विजयी

२०७९ जेठ २, सोमबार ०४:०२ बजे

मकवानपुर मकवानपुरको भीमफेदी गाउँपालिकामा प्रमुखमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् ।

सोमबार विहान सकिएको मतगणना अनुसार लामाले माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई पराजित गरेका हुन् । एमालेका लामाले ५५९१ मत प्राप्त गर्दै विजयी भए । माओवादीका स्याङ्तानले ५२०९ मत प्राप्त गरे । लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भए । उनले नेकपा एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे । उपप्रमुखमा विजयी भएका श्रेष्ठले ५३१५ मत प्राप्त गरे । रानाले ५२९९ मत प्राप्त गरिन । अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।