२०८१ बैशाख १२, बुधबार    

एभोकाडो होटलद्वारा बालगृहलाई खाद्यान्न सहयोग

२०७९ पौष ३०, शनिबार १८:०१ बजे

हाम्रो घर बालगृहमा खाद्यान्न सहयोग हेटौंडा ५ मा रहेको हाम्रो घर बालगृहमा एभोकाडो एण्ड अर्चिड रिसोर्टका संचालक भागिरथ शर्मा खरेलले खाद्यान्न सहयोग गरेका छन् ।

कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरले समन्वय गरेको थियो । माघे सक्रान्तिको अवसर पारेर खाद्यान्न सहयोग गरिएको रोटरी मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीले बताए । बालगृहलाई चामल, तेल अण्डा, चिउरा, दाल, मासु, मसला लगायतका खाद्यान्न सहयोग गरिएको हो ।

१ सय १० जना बालबालिका संरक्षण गरिसकेको बालगृहमा हाल ३२ जना बालबालिका संरक्षित रहेको बालगृहका संचालक इन्दिरा डल्लाकोटीले जानकारी दिईन् । उनले भनिन् 'यसरी नै प्राप्त हुने साथ, सहयोग र मायाले यहाँ रहेका बालबच्चाहरु  रमाइरहेका छन् ।' बालगृहमा युवाहरूको आबद्धता भएमा बालगृहलाई संचालन गर्न सजिलो हुने उनले बताइन् । 'बालगृहमा आवश्यक पुर्वाधार बनेको छ, अब दिगोपन चाहिएको हो' उनले भनिन् ।

सहयोग कार्यक्रममा एभोकाडो एण्ड अर्चिड रिसोर्टका संचालक भागिरथ शर्मा खरेल, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्की, संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, पुर्व अध्यक्ष कविन साङ्गामी, विजयलाल श्रेष्ठ, रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राई लगायतको उपस्थिती रहेको थियो ।