२०८१ बैशाख ७, शुक्रबार    

स्वास्थ्य निर्देशनालय हेटौंडाले माग्यो १८ जना कर्मचारी

२०७९ भाद्र १२, आईतबार १३:२५ बजे

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालय हेटौंडाले स्वास्थ्य क्षेत्रका १८ जना कर्मचारी माग गरेको छ । निर्देशनालयले आफ्नो वेवसाइटमा सूचना प्रकासन गर्दै बिभिन्न पदमा सेवा करार गर्नेगरी १८ जनालाई पदपूर्ति गर्नका लागि माग गरेको हो ।एक जना अधिकृत स्तर सातौ र अरु पाँचौ र चोेथो तहका कर्मचारी माग गरेको छ ।

धादिङ जिल्लामा अधिकृत व्यावस्थापनका लागि सातौ तहका कर्मचारी, स्टाप नर्ष, हेल्थ असिस्टेन्ट, पब्लीक हेल्थ नर्स, अनमी र ल्याब असिस्टेन्ट माग गरिएको निर्देशनालयले जनाएको छ ।