२०८१ बैशाख १७, सोमबार    

म्यानेजमेन्टमा ३२ सयको स्वास्थ्य परीक्षण, ८४ को अप्रेशन गर्नुपर्ने

२०८० असार २४, आईतबार १९:१९ बजे

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेजले आयोजना गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ३२ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

शुक्रबार र शनिबार काठमाडौं मेडिकल कलेजका चिकित्सकको टोलीले हेटौंडा–४ स्थित क्याम्पसमा दुईदिन स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको थियो । शिविरमा परीक्षण गरिएकोमध्ये ८४ जनाको अप्रेसशन गर्नुपर्ने देखिएको म्यानेजमेन्टले जनाएको छ ।

शिविरमा हाडजोर्नी, बालस्वास्थ्य, महिला तथा प्रसुती, मुटुसम्बन्धी, दाातसम्बन्धी, नाक, कान, घााटी, रक्तपरीक्षण, भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो ।

म्यानेजमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् शिविरको आयोजना गरेको हो ।