२०८१ बैशाख २३, आईतबार    

हेटौंडाको १२ वडामा एमालेद्वारा सर्वम्मत उम्मेदवार तय

२०७८ चैत्र २५, शुक्रबार १४:४९ बजे

नेकपा एमाले मकवानपुरले दुई दिन लगाएर आगामी स्थानीय तह निर्वाचनका लागि वडा तहको उम्मेदवार तय गरेको छ ।

हेटौंडा उपमहानगरमा कतै मतदान, कतै सर्वसम्मति र कतै सिफारिस गरेर एमालेले पहिलो चरणको उम्मेदवार टुंगो लगाएको हो । पार्टी विभाजनको पीडा भोगेको एमालेले हेटौंडामा आफ्नो दबदबा कायम राख्नका लागि पुराना, लोकप्रिय र युवालाई प्राथमिकता दिएर वडा अध्यक्ष छनौट गरेको देखिन्छ । हेटौंडा उपमहानगरका १९ वटा वडा मध्ये १२ वटा वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस भएको छ भने एउटा वडामा अध्यक्ष सिफारिस हुन सकेको छैन भने ५ वटा वडामा २ देखि ३ जनासम्म सिफारिस भएका छन् ।

वडा नम्बर १ मा उत्तमप्रसाद पौडेल, २ मा हरिबहादुर राउत, ४ मा नवीन सिग्देल, ५ मा सुशील घिमिरे, ६ मा विश्वराज राई, ७ मा राजन थापा, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा बसन्तप्रसाद लामिछाने र १८ मा अनिल बानियाँ सर्वसम्मत अध्यक्षको उम्मेदवार सिफारिस भएका छन् ।

वडा कमिटीको बैठकमा सहमति हुन नसक्दा वडा नम्बर ३, ८, ९, ११, १७ र १९ मा तीन÷तीन जना सिफारिस भएका छन् भने वडा नम्बर १७ मा दुईजनाको नाम सिफारिस भएको छ । १० नम्बर वडामा भने अध्यक्षको नाम सिफारिस गर्न सकेको छैन ।

वडा नम्बर ३ बाट अध्यक्षका लागि रामकुमार पुडासैनी, परेशमान विडारी र कल्पना लामाको नाम सिफारिस गरिएको छ । वडा नम्बर ८ बाट बोलबहादुर कार्की, यशोदा उप्रेती र रमेशकुमार पौडेलको नाम सिफारिस गरिएको छ । वडा नम्बर ९ मा नरेन्द्र भण्डारी, लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस भएको छ ।

वडा नम्बर ११ बाट जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस भएको छ । वडा नम्बर १७ मा भैरबहादुर राई र लक्ष्मण खुलालको नाम सिफारिस हुँदा वडा नम्बर १९ मा नरनाथ सुवेदी, इन्दिरा तामाङ र रत्नबहादुर ब्लोनको नाम सिफारिस गरिएको छ ।