२०८१ बैशाख ११, मंगलबार    

मतदाताको घरदैलोमा भरत पराजुली

२०७९ कार्तिक १५, मंगलबार १८:५३ बजे

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पराजुलीे मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । विभिन्न चरण गर्दै आफ्नो चुनावी प्रचार गरिरहेको स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले तेस्रो चरणको मतदाता भेटघाट अन्र्तगत मकवानपुरको उत्तरी क्षेत्रका मतदाताको घर घर पुगेर यति बेला भोट माग्न व्यस्त देखिन्छन् ।

मकवानपुरको थाहा नगरपालिका,इन्द्रसरोवर,कैलाशका विभिन्न क्षेत्रमा उनको मतदाता भेटघाट चलिरहेको छ ।

यसो त उक्त क्षेत्रमा नेकपा एमालेले युवा उम्मेदवार महेश कुमार बर्तौलालाई चुनावी मैदानमा अघि सारेको छ भने गठबन्धनले नेकपा एसबाट विरोध खतिवडालाई चुनावी मैदानमा उतारेको छ ।

पराजुली मकवानपुरका लोकप्रिय विवादमा नमुछिएका नेता हुन भने खतिवडा ५ औं पटक सांसद बन्ने दाउमा उम्मेदवार बनेका हुन् । त्यस्तै बर्तौला एमालेको विद्यार्थी राजनितिबाट उदायका नेता हुन् ।

आफ्नो उम्मेदवारी अहिलेको पुस्ताको प्रतिनिधित्व रहेको र आम नागरिकको साथ पाउनेमा आफु विश्वस्त रहेको चुनावी प्रचारको क्रममा पराजुली बताउछन् ।

उनले यो निर्वाचनको उम्मेदवार आफू एक्लै नभएर मकवनपुर क्षेत्र न २ का परिवर्तन चाहने सबैजनाको रहेको बताउँदै मंसिर ४ मा हुने निर्वाचनमा आफुलाई नागरिकले जीताएर अनुमोदन गर्ने समेत दावी गरेका छन् ।
जनता चुनाव बेलामा मात्र भोट माग्दै जनताकोमा जाने र त्यस पछि सिन्को नभाच्ने प्रविधिले पुराना दलबाट जनता आजित भएकोले जनताले यो पटक आफुलाई मतदान गर्नेमा ढुक्क रहेको उनले बताए ।