२०८१ बैशाख १३, बिहीबार    

अब एमाले, मकवानपुरको ध्यान संगठन निर्माणमा

२०७९ माघ १०, मंगलबार १७:२६ बजे

नेकपा एमाले मकवानपुरले संगठन निर्माणमा परिचालित हुने मंगलबार बसेको पूर्ण जिल्ला कमिटीको बैठकले निर्णय गरेको छ ।

माघ–चैत्रसम्म पार्टी नयाँ सदस्यता सिफारिस र पार्टी सदस्य नवीकरण गर्ने र पार्टीको पालिका, वडा र टोलसम्म, जनसंगठनको जिल्ला, पालिका र वडासम्म संगठन व्यवस्थित बनाउने निर्णय गरेको पार्टी जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । जनप्रतिनिधि र सामाजिक तथा सामुदायिक संगठनहरूलाई जनहितमा प्रभावकारी रूपमा परिचालन गर्ने समेत निर्णय बैठकले गरेको जिल्ला सचिव सिग्देलले जानकारी दिए ।

बैठकका प्रमुख अतिथि पार्टी स्थायी कमिटीका सदस्य काशिनाथ अधिकारीले संघ र प्रदेशको निर्वाचनले एमाले मुलुककै लोकप्रिय र बलियो पार्टी भएको प्रमाणित गरेकोले एमालेप्रति लगाईएका आरोपहरू जनमतले नै असत्य सावित गरेको बताए । उनले बैचारिक स्पष्टता, संगठननत्मक चुस्तता, जनमूखी कार्यशैली र जनसरोकारका विषयहरू पार्टी र कमिटीको प्रमुख कार्य भएकोले यसलाई अनुशरण गर्न बैठक मार्फत पार्टी पंक्तिमा अनुरोध गरे ।

बैठकमा पार्टी केन्द्रीय सदस्य रामेश्वर रानाले संगठनलाई सुदृढ गर्दै राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक रूपान्तरणमा ध्यान केन्द्रीत गर्नुपर्ने भनाई राख्नु भयो । बैठकमा जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले मकवानपुरमा जनमतले पहिलो र सशक्त पार्टी पुन सावित भईसकेकोले यसलाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।
केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक तथा प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति रहेको बैठकको अध्यक्षता जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले गरेका थिए ।