२०८१ बैशाख २१, शुक्रबार    

इतिहास दोहोर्‍याउने दाउमा विजय युथ

२०७८ चैत्र १२, शनिबार ११:०२ बजे

बाराको सिमरामा जारी जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको प्रतिनिधित्व गर्दै विजय यूथ क्लवले सहभागिता जनाएको छ । विजय यूथले ए डिभिजन टोली न्यूरोड टिम (एनआरटी) संग भोली शनिबार प्रतिस्पर्धा गर्ने भएको छ ।

         यस प्रतियोगिताको सातौं संस्करणको विजेता रहिसकेको विजय यूथले सिधै सेमिफाइनल प्रवेशको लागि एनआरटीको सामना गर्ने भएको हो । प्रतियोगिताको उपाधि जित्दै इतिहास दोहोर्याउने दाउसहित विजय यूथ मैदान उत्रिनेछ । ‘इतिहास दोहो¥याएर मकवानपुरबासीलाई खुसी दिलाउने हाम्रो प्रयास हो । पहिलो खेल नै फाइनल बराबर हुनेछ’, विजय यूथका अध्यक्ष सुदीप राजबाहकले भने, ‘यो बर्ष पनि उपाधि जित्ने योजना रहेको छ ।’

     प्रतियोगितामा सहभागिताका लागि विजय यूथले ए डिभिजन क्लवबाट खेलिसकेका खेलाडीहरु सहित मकवानपुरका चर्चित खेलाडीहरुलाई समेटेर टिम बनाएको छ । मकवानपुरकै अर्को क्लव पिप्ले यूथबाट बागमती गोल्डकप खेलिरहेका खेलाडीहरुसहित केही नयाँ खेलाडी लिएर टिम बनाइएको छ ।