२०८१ बैशाख २८, शुक्रबार    

राष्ट्रियसभा निर्वाचनमा लफडा, माओवादी सांसदले समाते निर्वाचन अधिकृतको कठालो

२०७८ माघ १२, बुधबार १०:३७ बजे

हेटौंडा/ हेटौंडामा जारी राष्ट्रियसभाको निर्वाचनमा लफडा भएको छ । हेटौंडा–८, औद्योगिक क्षेत्रमा जारी मतदानको क्रममा माओवादी केन्द्र प्रदेशसभा तर्फकी सांसद हिमाली गोले मत जाहेरपछि फोटो खिच्ने क्रममा विवाद भएको हो । दोलखाकी सांसद गोलेले मत जाहेर गरिसकेको मतपत्रको फोटो खिचेसँगै प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनलाई रोकेका थिए । श्रेष्ठले सांसद गोलेको मोवाइल खोस्न थालेसँगै दुवैवीच झगडाको अवस्था सिर्जना भएको थियो । केहीसमय दुवैवीच विवाद भइरहेको समयमा माओवादी केन्द्रकै सांसद राजकाजी महर्जनले निर्वाचन अधिकृतको कठालो समातेका थिए । श्रेष्ठ ललितपुर क्षेत्र नम्बर ३(क) बाट निर्वाचित सांसद हुन् । सा‌ंसद लामाले यसअघिको राष्ट्रिय सभा चुनावमा मतदान गरेकी थिइनन् ।

प्रमुख निर्वाचन अधिकृतसँग विवादपछि महर्जन र गोले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई घटनाबारे जानकारी गराएर मतदानस्थलबाट बाहिरिएका छन् । उनीहरूले मुख्यमन्त्रीलाई जानकारी गराउँदा प्रदेशका मन्त्रीहरू पनि उपस्थित थिए ।

राष्ट्रियसभा सदस्यअन्तर्गत् वाग्मती प्रदेशतर्फ खाली रहेको दुई सिटका लागि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे टुंगिनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतीजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ

राष्ट्रिय सभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कु“वर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन्