२०८१ बैशाख १५, शनिबार    

उत्कृष्ट पाँच ‘जुनियर साइन्टिस्ट’ छनौट

२०७८ चैत्र १, मंगलबार १४:३८ बजे

हेटौंडा– ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा ‘जुनियर साइन्टिस्ट’ कार्यक्रम मंगलबार भएको छ ।

नवोदय साइन्स क्लबको आयोजनामा भएको जुनियटर साइन्टिस्ट कार्यक्रममा उत्कृष्ट पाँच समूह छनौट भएका छन् । पानीको घनत्व प्रयोगात्मक गरेका सरल मैनाली, आर्थिक रिमाल, आरम्भजङ्ग थापा, सुभांश सुप्रिम कर्णको समूह उत्कृष्टमा पर्न सफल भए ।  ‘स्नेलस ल’ को प्रयोगात्मक प्रमाणीकरण गरेका सत्कार स्याङतान्, ‘इलेफेन्ट तुथपेष्ट’ प्रयोगात्मक गरेका वृष्टी जयस्थाल, युक्षिन वोइ, प्रतीक्षा बराल, कृज्मा अर्यालको समूह उत्कृष्ट घोषित भए । ‘कार्बन सुगर’ प्रयोगात्मक गरेका लिजा विष्ट, रोशनीकुमारी महतो, पूर्णता गोर्खाली र ‘सोप पावर बोर्ट’ प्रयोगात्मक गरेका उज्वल यादव र रौनककुमार कुसवाहको समूह पनि उत्कृष्टमा छनौट भए ।

कक्षा ४ देखि ९ सम्मका ३२ वटा समूहले जुनियर साइन्टिस्ट कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा विज्ञान विषयका शिक्षक रामकृष्ण श्रेष्ठ, ईशाक राई, अनुष्का श्रेष्ठ, सोनी लोप्चन, रवि हमाल, विपना खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

नवोदय विद्यालयका विद्यालय निर्देशक दीपेश जोशीले किताबलाई कोर्षको रुपमा मात्र नलिई व्यावहारिक उपयोगिताको बारेमा लिन विद्यार्थी समक्ष आग्रह गरे । आधारभूत तहबाटनै वैज्ञानिक सिकाई सिकाउनका निम्ति कार्यक्रम आयोजना गरिएको विज्ञान विषयका सुपरिवेक्षक अरुण दाहालले जानकारी दिए । नवोदय साइन्स क्लवका अध्यक्ष आर्यन ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।