२०८० चैत्र १६, शुक्रबार    

म्यानेजमेन्टले ७ जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान

२०७९ श्रावण ३०, सोमबार १५:०० बजे

हेटौंडा स्कूल अफ म्यानेजमेन्टले ७ जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । कक्षा ११ र १२ अध्ययन पूरा गरी चिकित्साशास्त्र अध्ययन (एमबीबीएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने गरी नाम निकाल्न सफल ७ जना विद्यार्थीलाई म्यानेजमेन्टले आइतबार नगदसहित सम्मान गरेको हो ।

आइतबार बिहान एक कार्यक्रमको आयोजना गरी सहायक प्रिन्सीपल रामपण्डित खनाल, विज्ञान संकाय संयोजक भोलानाथ गौतमलगायतले विद्यार्थीलाई नगदसहित सम्मान गर्नुभएको हो । एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने गरी मोहम्मद अकिव आलम, अनुप सुवेदी, सञ्जीव राय, श्रीराम पौडेल, साना खातुन, रिकेश कुमार पण्डित र निशा कुमारी चौधरीले नाम निकाल्न सफल भएका छन् ।

म्यानेजमेन्टले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन, थप मिहिनेत गर्न प्रेरित गर्ने उद्देश्यले नगदसहित सम्मान गर्ने गरेको छ ।