२०८१ जेठ ६, आईतबार    

असगर अली गाँजासहित पक्राउ

२०७८ चैत्र २१, सोमबार १७:१९ बजे

चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ट्रकबाट प्रहरीले ९० किलो गाँजासहित भारतीय नागरिक असगर अलीलाइ पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाको नेतृत्वमा रहेको टोलीले ट्रकसहित गाँजा र ट्रक चालक अलीलाइ पक्राउ गरेको हो ।

चितवनबाट हेटौंडा जाँदै गर्दा मनहरी गाउँपालिका ६, स्थित पूर्वपश्चिम राजमार्गबाट बीआर २५ जीए ३०९२ नम्बरको ट्रक खानतलासी गर्दा क्याबिनभित्र फल्स बटम बनाएर ल्याएको अवस्थामा गाँजासहित चालक पक्राउ परेका हुन । उक्त घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।