२०८१ बैशाख १४, शुक्रबार    

स्वास्थ्यकर्मी संघ हेटौंडाको अध्यक्षमा प्रकाश

२०७९ भाद्र २६, आईतबार ०९:४८ बजे

नेपाल स्वास्थ्यकर्मी संघ हेटौंडाको अध्यक्षमा प्रकाश वर्तौला चयन भएका छन् । शनिबार भएको नेपाल स्वास्थ्यकर्मी संघको प्रथम नगर अधिवेशनबाट प्रकाशको अध्यक्षतामा नयाँ कमिटी निर्माण भएको हो । संघको उपाध्यक्षमा विष्णु थापा, मञ्जु गौतम, मीनाकुमारी सचिवमा प्रतिमा घलान, कोषाध्यक्षमा अन्जिता रिमाल, सहसचिवमा प्रतिष्ठा कार्की, आशिष वास्तोला र संघर्ष गुरुङ चयन भएका छन् ।

यसैगरी सदस्यमा रामानन्द चौधरी, चन्द्रशेखर ठाकुर, कृष्ण ढकाल, राजु श्रेष्ठ, कल्पना राय र उमेश अधिकारी चयन भएका छन् । स्वास्थ्यकर्मी संघ मकवानपुर अध्यक्ष भीमसागर गुरागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै डीनाले पार्टी र शुभेच्छुक संस्थाको बीचमा खाडल रहँदै आएकोले अब त्यसलाई हटाउन जरुरी रहेकोमा जोड दिएकी हुन् । पार्टीलाई बलियो बनाउन र मार्गनिर्देश गर्न शुभेच्छुक संस्थाको अहम् भूमिका हुने उनको दावी थियो ।

निजी तथा सरकारी संस्थाले स्वास्थ्यकर्मीलाई काममा लगाउँदा करार र ज्यालादारीको नाममा श्रम शोषण गर्दै आएको भन्दै नेतृ डीनाले असमानता हटाउन नीति निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छिन् । आसन्न निर्वाचनमा गठबन्धन र कांग्रेसका अधिकारिक उम्मेदवारलाई जिताउनतर्फ भूमिका खेल्न समेत उनले अनुरोध गरिन् ।

स्वास्थ्यकर्मी संघ मकवानपुर अध्यक्ष भीमसागर गुरागाईंको अध्यक्षतामा भएको अधिवेशनमा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, कांग्रेस नेता आनन्दराम पराजुली, उपमहानगर सभापति उत्सव इटेनी, संघीय सभापति दामादेर खनाल, स्वास्थ्यकर्मी संघका निवर्तमान अध्यक्ष रामआदार पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।