२०८१ बैशाख १७, सोमबार    

सुरक्षा नभकोभन्दै सामूहिक उजुरी दर्ता गराउँदै हेटौंडाका डाक्टर

२०८० भाद्र २८, बिहीबार १३:१४ बजे

डाक्टर कुटपिटमा संलग्नलाई कारबाहीको माग राख्दै मकवानपुरका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिकरुपमा प्रहरीमा उजुरी दर्ता गराउने भएको छ । स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षाको प्रत्याभूति नभएका कारण सांघातिक आक्रमणमा परेका डाक्टरले प्रहरीमा उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिकरुपमा उजुरी दर्ता गरिने भएको हो ।

बुधबार बिहान हेटाौडा–१ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. फ्रशान्त विडारीमाथि एक समूहले सांघातिक आक्रमण गरेका थिए । डाक्टरमाथि आत्रमण गर्ने समूहले विरामीका कुरुवालाई समेत कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालको कार्यकक्षमै आक्रमणकारी र पीडित डाक्टरबीच मुद्दा दर्ता नगराउन वार्ता समेत भएको थियो । ‘प्रहरी प्रमुखकै अगाडि डाक्टरलाई काट्छु र मार्छु भनेपछि डाक्टरहरुले मुद्दा दर्ता गराउने अवस्था रहेन । त्यसकारण संस्थागतरुपमा मुद्धा दर्ता गराउने भएका हौं ।’, एक पीडित डाक्टरले भने ।

बुधबार नै मुद्धा दर्ता गर्न खोजिएपनि बेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि विहीबार हेटौंडा अस्पतालमा प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईं र मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको उपस्थितिमा चिकित्सक, निजी अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मी छलफल गर्दै सामूहिक रुपमा मुद्दा दर्ता गराउने तयारी अगाडि बढाएका थिए ।

सामूहिकरुपमा अस्पतालमा उपचाररत डाक्टरमाथि सांघातिक आक्रमण हुनु, पीडित डाक्टरको सुरक्षा र पीडकलाई कारवाही गराउन स्थानीय प्रशासन र प्रहरी निरीह भएपछि चिकित्सकहरु निराश हुादै जिल्ला छाड्ने तयारी समेत गरिरहेका छन्