२०८१ बैशाख १३, बिहीबार    

हेटौंडामा मात्र डेङ्गु संक्रमित ३६२७ जना

२०७९ कार्तिक १, मंगलबार १३:४१ बजे

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गु संक्रमित ३ हजार ६ सय २७ जना पुगेको छ । वर्षायाम सुरु भएदेखि डेङ्गुका बिरामी दिनहुँजसो देखा परेका छन् । मकवानपुरको हेटौंडा अस्पताल, निजी अस्पतालहरु, चितवनका अस्पतालमा समेत हेटैंडा उपमहानगरपालिका क्षेत्रका बिरामी उपचार गरिरहेका छन् ।

डेङ्गु नियन्त्रण गर्ने भनेर हेटौंडाका वडा वडामा स्प्रे अभियान, जनचेतना जगाउने, सरसफाइ अभियान सञ्चालन गर्ने, किट उपलब्ध गराउने लगायतका कामहरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए। डेङ्गु नियन्त्रण गर्नका लागि स्थानीय सरकारले लागेसम्मको उपाय गरेर नियन्त्रणको अभियानमा लागेको उनले बताए।

लामखुट्टेको टोकाइबाट बच्ने उपायनै सबै भन्दा उत्तम रहेको र जनचेतना जगाउने कामलाई तिब्रता दिइएको उहाँले बताउनुभयो । उपमहानगरपालिकाले स्प्रे अभियान सञ्चालन गरेर खर्च पनि धेरै गर्दै आएको छ । तर, स्प्रे अभियानबाट लामखुट्टे र यसको लार्भा नष्ट हुने कुरामा स्वास्थ्यकर्मीहरुले संका व्यक्त गरेका छन् ।