२०८१ बैशाख १४, शुक्रबार    

प्रदेशसभा अधिवेशनको सम्पूर्ण तयारी पूरा

२०७९ मंसिर २६, सोमबार १६:०६ बजे

वाग्मती प्रदेशसभाको आगामी अधिवेशनको वैठक बस्नका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रदेशसभा सचिवालयले सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते सम्पन्न निर्वाचनपश्चात् बस्ने प्रदेशसभा वैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनले वैठकका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार निर्माण, मर्मत तथा रंगरोगन सकिएको बताए ।

‘अब सर्वदलीय बैठक बस्न बाँकी छ । सम्भावित कार्यसूची निर्माण, सांसदहरुलाई स्वागत तथा सपथ ग्रहण, सभामुखको निर्वाचन तालिका, संसदीय दलको व्यवस्थापनलगायत काम सकिएका छन् ।’, उनले पुरानै भवनमा नयाँ वैठक बस्ने बताए । वैठकका लागि पुरानै भवन मर्मत तथा रंगरोगन गरिएको छ । कुर्सीहरुको ब्यवस्थापन तथा हलमा फलसिलिङको काम गरिएको उनले जानकारी दिए ।

११० सदस्यीय प्रदेश सभामा प्रदेशसभामा नेपाली कांग्रेसले ३७ सिट, एमाले २७ सिट, माओवादी केन्द्रले २१ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ सिट पाएको छ ।