२०८० चैत्र १६, शुक्रबार    

एकल महिलालाई उम्मेदवार बनाउन माग

२०७९ बैशाख १०, शनिबार १७:४५ बजे

एकल महिलालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउन माग गरिएको छ ।

मानव अधिकारका लागि महिला, एकल महिला समूहले जिल्लाका विभिन्न दलहरुलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । समूहकी सल्लाहकार अमृता थापा मगरका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा (एस)लाई ज्ञापन पत्र बुझाउँदै वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा एकल महिलालाई पनि उम्मेदवार बनाउन माग गरिएको हो ।

महिलालाई कोटा प्रणालीमात्र सीमित नगरी प्रतिस्पर्धा गरेर अगाडि बढ्ने वातावरण समेत सिर्जना समेत आग्रह गरिएको छ । ‘प्रमुख पदमा महिलाको उम्मेदवारी बढाउनु अहिलेको आवश्यकता रहेको छ । हामीले एकल महिलालाई पनि प्राथमिकता दिन आग्रह गरेका हौं ।’, उनले विभिन्न नौ बुँदे माग राखेर ज्ञापन पत्र बुझाइएको बताए ।