२०८१ बैशाख २१, शुक्रबार    

फिफा विश्वकपको तालिका अर्को साता हुने

२०७८ चैत्र ९, बुधबार ०७:५३ बजे

यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ अर्काे साता हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले मंगलबार १ अप्रिलमा विश्वकपको ‘ड्र’ निकाल्ने घोषणा गरेको हो ।

विश्वकप खेल्ने ३२ टोलीमध्ये २८ टोलीलाई चारमध्ये एक पटमा राखिनेछ । कतार आयोजक राष्ट्रका रुपमा शीर्ष वरियताका सातौसम्मको टोली रहने पट १ मा हुनेछ । आठौं देखि १५औं वरीयतासम्मका टोलीहरु पट २ मा हुनेछ ।

१६औं देखि २३औं वरीयतासम्म टोली पट ३ मा तथा २४ देखि २८ सम्मका टोली पट चारमा हुनेछ । यो पटमा अन्तरमहादेशीय छनोट र युइएफएका प्लेअफका टोलीहरु रहनेछन् । अन्तर महादेशीय छनोटका खेलहरु जुन १३ र १४ मा कतारमा हुनेछ । जसमा अफ्रिका र कन्मेवल, ओएफसी र कोन्काफसँग प्रतिस्पर्धा गर्नेछ । एकै कन्फेडेरेसनका टोलीलाई विभिन्न समूहमा विभाजन गरिनेछ । युइएफएका अपवादबाहेक त्यहाँ १३ टोली हुनेछन् । नतिजाको रुपमा आठ समूहमध्ये पाँचमा दुई युरोपेली टोली हुनेछन् । फिफाले प्लेअफबाट छनोट हुने टोलीलाई उनीहरुको एकै कन्फेडेरेसनका टोलीबाट अलग रहने स्पष्ट पारेको छ ।

कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित १५ राष्ट्र छनोट भइसकेका छन् । छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान र दक्षिण कोरिया रहेका छन् ।

विश्वकपमा अफ्रिकाबाट ५, एसियाबाट ४ र (प्लेअफबाट १ प्लस), युरोपटबा १३, कोन्काफबाट ३ (प्लेअफबाट १ प्लस), ओसियानाबाट (प्लेअफबाट १ प्लस ) र कन्मेवलबाट ४ (प्लेअफबाट १ प्लस) छनोट हुने प्रावधान रहेको छ । यसपटकको विशवकप २१ नोभेम्वर २०२२ बाट शुरु भएर १८ डिसेम्वर २०२२ सम्म चल्नेछ । विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरु समरमा नभई विन्टरमा हुन लागेको हो ।