२०८१ बैशाख १६, आईतबार    

पदकधारी खेलाडी सम्मानित

२०८० बैशाख ९, शनिबार १६:३१ बजे

जिल्ला खेलकुद विकास समिति मकवानपुरले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मानित गरेको छ ।
समितिले मकवानपुरबाट वैशाख पहिलो साता भएको वाग्मती प्रदेशस्तरीय प्रतियोगितामा सहभागी खेलाडीलाई शनिबार एक कार्यक्रम आयोजना गरी सम्मानित गरिएको हो ।
समिति अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
वाग्मती प्रदेश खेलकुद परिषद् सदस्य सचिव सूर्यलाल भण्डारी तथा शिक्षासेवी पूरणबहादुर जोशीलगायत खेलाडी सम्मान कार्यक्रममा सहभागी थिए ।