२०८१ बैशाख १३, बिहीबार    

‘पानी नै जीवन हो’

२०७९ चैत्र ८, बुधबार १२:०३ बजे

पृथ्वीमा रहेका सबै प्राणीको उत्पत्ति पानीबाट मात्र भएको हो । पानीको खोजीलाई अन्य ग्रहहरूमा पनि वैज्ञानिकहरूले प्राथमिकता दिएका छन् । ‘पानी नै जीवन हो’ भनाइ सत्य हो किनभने पानी बिना जीवनको कल्पना गर्न सकिँदैन । धेरैजसो संस्कृतिहरू पनि नदीको किनारमा विकसित भएका छन् । पृथ्वीको ७१ प्रतिशत भाग पानीले ढाकेको छ भने बाँकी भागमा मानिस, जनावर, वन, तराई, पठार वा हिमाल आदि छन् । हरेक प्राणी पानीमा निर्भर छन् तर यो पनि सत्य हो कि पानीको अनावश्यक प्रयोग पनि भइरहेको छ ।

जनसंख्या विस्तार र औद्योगिकीकरणका कारण पानीको खपत बढेको छ । मानव र जनावरको जीवनमा पानीलाई प्राथमिकता दिइएको छ तर यसको संरक्षणमा मानव जाति अझै गम्भिरतापूर्वक लिएको देखिदैन । पानीको संरक्षण हरेक मानिसको पहिलो प्राथमिकता हुनुपर्छ । संयुक्त राष्ट्र संघ र यसका सदस्य राष्ट्रहरूले विश्वभर पानी संरक्षणको कार्यलाई प्रोत्साहित गर्न प्रत्येक वर्ष विश्व पानी दिवस मनाइन्छ ।

विश्व पानी दिवस २२ मार्च २०२३ को विषयबस्तुको बारेमा रहेको छ । पानी हाम्रो जीवनको रगत हो । स्वास्थ्य र पोषणदेखि शिक्षा र पूर्वाधारसम्म, पानी मानव अस्तित्व र कल्याणको हरेक पक्ष र प्रत्येक राष्टूको आर्थिक विकास र समृद्धिको लागि महत्वपूर्ण छ ।

यो बहुमूल्य प्रकृतिको उपहार प्रदूषणद्वारा दिनानुदिन विषाक्त हुँदैछ । यस शताब्दीको दशकको अन्त्य सम्ममा पानीको माग ४० प्रतिशतले आपूर्ति भन्दा बढी हुने अपेक्षा गरिएको छ । यसै बीच, जलवायु परिवर्तनले पानीको प्राकृतिक चक्रलाई क्रमश विनाश गरिरहेको छ । हरितगृह ग्यास प्रदूषणले विश्वको जलवायुलाई खतरनाक स्तरमा तात्दै, सबै–समय रेकर्ड स्तरमा वृद्धि भइरहेको छ । यसले पानी सम्बन्धी प्रकोपहरू, रोगहरूको प्रकोप, पानीको अभाव र खडेरीलाई निम्ताउछ, जबकि पूर्वाधार, खाद्य उत्पादन र आपूर्ति श्रृंखलाहरूमा क्षति पु¥याउँछ ।

यस वर्षको विश्व पानी दिवसको विषयवस्तुले हामीलाई सुरक्षित पानी र सरसफाइमा पहुँच नभएका अरबौं मानिसहरूलाई यी असफलताहरूको मूल्यको सम्झना गराउँदछ ।
दिगो विकास लक्ष्य क्म्न् ट अन्तर्गत सन् २०३० सम्ममा सबैका लागि सुरक्षित रूपमा पानी र सरसफाइको लक्ष्यमा पुग्नको लागि मानव व्यवहार त्यस तर्फ नभई नाटकीय एवम् खतरनाक रूपमा विपरित दिशा लिईरहेको छ ।

यस वर्षको विश्व पानी दिवसले वर्तमान र भावी पुस्ताहरूका लागि मानव जीवनको रगतको रुपमा रहेको पानीको संरक्षण गरी दिगो रूपमा प्रयोग तथा उचित व्यवस्थापन गर्न हाम्रो व्यक्तिगत एवम् सामूहिक भूमिकालाई सम्झना गराउँछ । सबैका लागि पानीमा समतामूलक पहुँच, दिगो व्यवस्थापन र भविष्यको सुनिश्चितताको लागि व्यवस्थित योजना सहितको एकिकृत सहकार्य गर्नु अपरिहार्य देखिन्छ ।

हेटौंडा उपमहागनरपालिकाको नगर क्षेत्र भित्रको खानेपानीको व्यवस्थापन हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गर्दै आइरहेको भएता पनी वडा नं. १, १४, १५, १६, १७ र १९ को केही भु–भाग र वडा नं. ३, ११, १२, १३ र १८ मा बसोसास गर्दे आएका बासिन्दाहरुले स्थानीय स्तरमा संचालित खानेपानी उपभोक्ता समितिहरु मार्फत खानेपानी उपभोक्त गर्दे आइरहेका छन् । हाल हेटौंडा उपमहानगरपालीकाले खानेपानी व्यवस्थापन बोर्डमा आबद्ध ग्राहस्थ खानेपानी उपभोक्ताहरुलाई मासिक १० हजार लिटर वापतको न्युनतम शुल्क निःशुल्क गराएको छ ।

सम्बन्धित क्षेत्रको वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको पहलमा स्थानीय उपभोक्ता समितिहरुबाट संचालित खानेपानी योजनाहरु बोर्डमा हस्तान्तरण गरी सर्वशुलभ रुपमा एकद्धवार प्रणालीबाट सहुलियत रुपमा खानेपानी वितरण गर्ने कार्यलाई तिव्रता दिइरहेको छ । हाल हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफनो सेवा क्षेत्र भित्र दैनिक १ करोड ८५ लाख लिटर खानेपानी उत्पादन गरी दैनिक सरदर ६ देखि ७ घण्टा सम्म २३ हजार धाराहरु मार्फत वितरण गर्दे आइरहेको छ ।

जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालीका र हेटौंडा खानेपानी बोर्ड संगको सहलगानीमा हेटौंडा वडा नं. १४ बनेलधापमा निर्माण सम्पन्न भएको ३ लाख लिटर क्षमताको भुमिगत पानी टंकी संचालनमा ल्याई पानी वितरणको कार्य थालनि भई सकेका छ । चालुआ.व.को२०७९÷०८० मा बोर्डले बोर्डको सेवा क्षेत्र भित्र रहेको उत्पादन वितरण केन्द्रहरुमा खानेपानी विभाग संगको सहकार्यमा पानी शुद्धीकरणको लागि डोजिङ्ग प्लान्ट र सेन्सर जडान गर्ने कार्य गर्ने छ । पानी पुनर भरण (रिचार्ज) पोखरी निर्माण कार्य, विभिन्न क्षेत्रमा रहेका मुहानहरुको संरक्षण तथा मर्मत सम्भार कार्य गर्ने छ ।

एसियाली विकास बैक र हेटौंडा उपमहानगरपालिका संगको सहकार्यमा भिमफेदी गा.पा.मा अवस्थित कुलेखानी÷भैसे खोलाको पानी शुद्धिकरण गरी हेटौंडाको मुख्य बजार क्षेत्र सम्म ल्याई वितरण गर्नको लागि आवश्यक सम्भाव्यता अध्ययन कार्य भईरहेको छ । वागमती प्रदेश सरकार संगको सहकार्यमा हेटौंडा वडा नं. १६ मा खानेपानीको पूर्वाधार निर्माण तथा पाइप लाइन विस्तार कार्य भई रहेको छ ।

नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हे.उ.म.न.पा र यस बोर्डको सहलगानीमा हेटौंडा उपमहानगरपालिकाको वडा नं. २, ४, ६, ८, ९, ११, १४, १५ र १६ को विभिन्न स्थानमा समवेल, पानी टंकी निर्माण, पानी शुद्धिकरण, मेन तथा शाखा पाइप लाइन विस्तारको लागि विस्तृत अध्ययन कार्य सम्पन्न भई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट वोलपत्र कार्य अगाडी बढाउने क्रममा रहेको छ । हाल बोर्डले बोर्डको सेवा क्षेत्रभित्र १० देखि १२ घण्टा सफा स्वच्छ खानेपानी उत्पादन गरी वितरण गर्न र हेटौंडा उपमहानगरपालिकाको सेवा क्षेत्र भित्रका सम्पूर्ण वडाहरुमा सफा स्वच्छ खानेपानी उत्पादन वितरण कार्य गर्नको लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसंग आवश्यक गृहकार्य अगाडी बढाई रहेको छ ।