२०८१ बैशाख १७, सोमबार    

पुडासैनीसहित नेवि संघ केन्द्रीय कार्यसमितिमा ५ जना मनोनित

२०८० श्रावण २३, मंगलबार १०:०४ बजे

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिमा मकवानपुरका मिलन पुडासैनीसहित ५ जना मनोनित भएका छन् ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा क्रियाशील पुडासैनी केन्द्रीय सदस्य पदमा मनोनित भएका हुन् । पुडासैनीसँगै केन्द्रीय कार्यसमितिमा मकवानपुरका थप ४ जना विद्यार्थी अटाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित गरेका थिए ।

जसमा मकवानपुरबाट पुडासैनीसहित, सन्तोष गौतम, उमेश स्याङ्तान, रोजी गौतम र सतिस बगाले मनोनित भएका हुन् ।

सभापति देउवाले २०७८ चैत ९ गते नेविसंघको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेका थिए ।